समुन्द्रादेवी उमाबिको नवनिर्मित भवन उद्घाटन सम्पन्न



नुवाकोट ।शिवपुरी गाउँपालिका वडा नम्बर-६ मा रहेको समुन्द्रादेवी उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन सम्पन्न भएको छ।

नेकपा नुवाकोटका नेता तथा संघीय सांसद हितबदादुर तामाङ,त्यस्तै नेकपाका अर्का नेता तथा  पुर्व सांसद राजेन्द्रप्रकाश लोहनीद्वयले संयुक्त रूपमा नवनिर्मित भवन उद्घाटन गर्नुभएको हो।

   भवन उद्घाटन समारोहमा बोल्दै संघीय सांसद हितबहादुर तामाङले सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।उहाले दातृ निकायले दिएको सहयोगका कारणनै दुरदराजका विद्यालयका भौतिक संरचना सुधार आएको स्मरण गर्नुभयो।

    एचसीएल लक्जेमबर र टिडिएच जर्मन सस्था तथा कार्डसन नेपालको संयुक्त ८९ लाखमा ८ कोठे भवन निर्माण सगै विद्यालयलाई आवश्यक भौतिक संरचना पूरा भएको विद्यालयका प्रधानाध्यापक गणेश सिटौलाले बताउनुभयो। 

कार्यक्रममा बिदेशी सस्थाका डाइरेक्टर पुर्म,कार्डसन नेपालका पदम उप्रेती,शिवपुरी गाउँपालिका वडा नम्बर -६ का अध्यक्ष लालबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियोे।

भवन उद्घाटन समारोह सगै विद्यालयमा विद्यालय स्तरीय भलिबल प्रतियोगिता समेत आयोजना गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र बिस्टले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्