छैठौ राष्ट्रिय देवदह महोत्सव सम्पन्न



सुरज भट्टराई,माघ-२७ रुपन्देही। छैठौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव –२०७६ सम्पन्न भएको छ । देवदह व्यापार संघको आयोजनामा गत माघ १५ गते देखी रुपन्देहीको देवदहमा सञ्चालित महोत्सव आईतबार अर्थात हिजो सम्पन्न भएको हो।
   समापन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य छबिलाल बिकले महोत्सवले कृषि, जल, जडीबुटी, पर्यटकीय सम्भावना, पुरातात्विक तथा ऐतिहासिक खस सभ्यता र भाषाशैलीको पहिचान दिन सफल भएको बताउनुभयो।कृषकहरुलाई आत्मनिर्भर बन्न, स्थानिय उत्पादनलाई कसरी व्यवसायी बनाउन सकिन्छ भन्ने बिषयमा आउदो दिनमा हुने महोत्सवले ध्यान दिनु पर्ने उहाको सुझाब छ । महोत्सवले स्थानीय उत्पादन , संस्कृतीको संरक्षण र त्यस्को विकासमा सहयोग पुर्याउनुपर्ने बिश्वकर्माको भनाई छ । उहाले बुद्धको मावलीथलो एवं लुम्बिनीसंग जोडिएको ऐतिहासिक स्थल देवदह भएकाले यस्को बिकास अपरिहार्य भएको समेत बताउनुभयो। यो ठाउं राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा परिचित रहेकाले देवदह पर्यटन विकासको आधार भएको औंल्याउनु भयो ।महोत्सव आयोजक समितिका संयोजक तथा देवदह व्यापार संघको अध्यक्ष कोष बहादुर गुरुङले महोत्सवबाट सांस्कृतिक र प्राकृतिक पर्यटनका साथै स्थानीय उत्पादनको प्रबर्द्धनमा सहयोग पुगेको बताउनुभएको छ । महोत्सवको छ लाख दर्शकले अवलोकन गरेका थिए। महोत्सवमा करिब १० करोडको कारोवार भएको उहाँले जानकारी दिनुभयो।
    
उक्त समापन कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिरा केसि , उद्योग व्यापार संघका अध्यक्ष गणेश खाती , गोपाल ढकाल , रुपन्देही व्यापार संघका यमलाल लोहनी , नेपाल च्याम्बर अफ कमर्सका टंक पोख्रेल, यज्ञ गैरे लगाएतले बोलेका थिए । कार्यक्रमको संचालन संघका महासचिव पिताम्बर खरेलले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्