हाम्रो असल छिमेकी नेपालद्धारा बुटवलमा शैक्षिक सामाग्री वितरण



बुटवल,माघ-२७ ।गैरसरकारी संस्था  हाम्रो असल छिमेकी नेपालले आफ्नो स्थापनाकालको २ वर्ष पुरा भएको अवसर पारेर बुटवल ११ बुद्धनगरमा शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यार्थीको मानसिक वृद्धिमा सहयोग पुर्याउने सामाजिक विकृतीबाट टाढा रहन र शिक्षालाई निरन्तर अगाडि बढाउन प्रेरित गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा बुद्धनगर स्थित सहिद स्मृति प्राथमिक विद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका १ सय ५० जना विद्यार्थीलाई ६ सय थान कापी, २ सय सेट पेन, पेन्सील, कटर, ईरेजर र ५ थान डस्टवीन उपलब्ध गराएको हो ।
बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री र संस्थाका सस्थापक अध्यक्ष शंकर खनालले सो शैक्षीक सामाग्री विद्यालयका सहायक प्रधानाध्यापक सोमनाथ पुरीलाई हस्तान्तरण  गर्नुभएको थियो ।
   सो अवसरमा बोल्दै वडाध्यक्ष क्षेत्रीले युवाहरुको सृजनात्मक शक्तिलाई सहि तवरबाट सदुपयोग गर्दै संस्थाले शैक्षिक क्षेत्रमा गरेको काम प्रशंसनीय भएको बताउनुभयो । आफ्नो गोजी खर्चबाट जोगाएको र अन्य स्रोत मार्फत जम्मा भएको आर्थीक रकमले समाजमा गरेका यस्ता कार्यले समाज सुधारमा महत्वपूर्ण भसमिका निर्वाह गर्ने उहाँको भनाई थियो ।

उहाँले संस्थाले गरेकोे सहयोगले विद्यार्थीलाई शिक्षाको उज्यालोतर्फ प्रेरित गर्ने हुँदा निरन्तर यस्ता कार्यमा अगाडि बढ्न सुझाउनुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक सोमनाथ पुरीले संस्थाले विद्यालय तथा विद्यार्थीलाई गरेको सहयोगको लागि आभार प्रकट गर्नुभयो ।
बुटवल ६ मा रहेको भण्डारी प्लाष्टिक हाउस, दिप एजुकेसन, ग्लोबल टिच एजुकेसन कन्सलटेन्सी र मिलनचोकमा रहेको सियोर जव लिङ्क एण्ड ड्राईभिङ्ग ईन्स्टीच्युटको सहयोगमा भएको सो कार्यक्रममा वडा नं ११ का प्रतिनीधी, स्थानीय टोल विकास समिती तथा अन्य संघ संस्थाका प्रतिनीधीहरुले आआफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रम संस्थाका कार्यकारी अध्यक्ष सुमन पोख्रेलको अध्यक्षता तथा सचीव नारायण पोख्रेलको संचालनमा संम्पन्न भएको थियो ।
वि.सं २०७४ साल माघ २७ गते स्थापना भएको यस संस्थाले समाजमा रहेका असक्त व्यत्तिहरुको सहयोग, विभिन्न सरसफाई तथा जनचेतनामुलक कार्यक्रम गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्