नुवाकोट जिल्लास्थित क्षेत्रपाल माबिको ४६औं वार्षिकोत्सब सम्पन्न



केदार ढकाल,नुवाकोट,माघ-२७। क्षेत्रपाल माध्यमिक विद्यालयको ४६औं वार्षिकोत्सब सम्पन्न भएको छ।विद्यालयको  वार्षिकोत्सब समारोह तथा छात्रबृत्ति बितरण कार्यक्रमको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका नेता तथा पुर्व अर्थमन्त्रि डाक्टर रामशरण महतले नुवाकोटको उत्कृट बिद्यालय मध्य क्षेत्रपालमा माध्यमिक विद्यालय एक रहेकोे बताउनुभयो।उनले  उत्कृट लाई थप उत्कृष्ट बनाउन सबै लाग्नु पर्ने बताए ।´विकास निर्माण जस्ता काम सफल पार्न सबै एक भएर लाग्नुपर्छ` उनले भने,´अरुलाई दोष थोपरेर बस्नु उचित हुन्न।` उनले नुवाकोटका क्षेत्र नं १ लगायत पुरै नुवाकोट विकासका लागि आफु मरिमेटेर लागी परेको  बताए ।

यस्तै कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापती जगदिश्वर नरसिंह के.सीले शिक्षकहरु राजनितीमा होमिनाले सामुदायिक बिद्यालयहरुको शिक्षाको स्तर खस्केको बताए । उनले निर्बाचित जनप्रतिनिधि हरुले शिक्षा क्षेत्रलाई बढि जोड दिनु पर्ने बताए ।

यस्तै कांग्रेस महासमिति सदस्य रमेशकुमार महतले विगतमा विद्यालयलाई सहयोग गरेको स्मरण गर्दै स्कुलमा छिटै स्वास्थ्य शिबिर संचालन गराउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

वार्षिकोत्सबको अवसरमा २०७५ सालमा एसईई मा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थीलाई नगद सहित सम्मान गरिएको थियो । 

साथै पुर्व प्रधानाध्यापक तथा पुर्व व्यवस्थापन समितिका पदाधिकारीहरु लाई समेत सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्