छैटौं नुवाकोट महोत्सव सम्पन्न



नुवाकोट ,माघ-२७ । छैठौं नुवाकोट महोत्सव  सम्पन्न भएको छ ।नुवाकोट उद्योग वाणिज्य संघ नुवाकोट ले  माघ १६ गतेदेखि संचालन गरेको महोत्सव आज अर्थात सोमबार सम्पन्न भएको हो।

१२ दिनसम्म चलेको  महोत्सवमा करिव २ सय भन्दा  बढी स्टल राखिएको थियो । महोत्सवको अन्तिम दिन गायिका तथा नृत्याङ्गना ज्योती मगरले प्रस्तुती दिएकी थिइन । महोत्सवको समापनको अवसर पारेर विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।महोत्सवमा भएका आयव्ययको विवरण आउन बाकी छ।

प्रतिक्रिया दिनुहोस्