बूढीगण्डकी जलविद्युत् परियोजनाले अब गति लिन्छ-प्रचण्ड



धादिङ, फागुन-३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढीगण्डकी जलविद्युत् परियोजनाले अब गति लिने बताएका छन। मुआब्जा लगायतका प्राविधिक काम सकिएको बताउदै उनले यस परियोजनाले छिट्टै काम थाल्ने  बताएका हुन्। सातौँ धादिङ महोत्सवको धादिङबेँसीमा हिजो अर्थात शुक्रबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले  धादिङ र गोरखाका जनताको जीवनस्तर उकास्नमा यस परियोजना अब्बल सावित भएको उल्लेख गरेका छन् ।

जलविद्युत् परियोजनाबाट प्रभावित हुनेलाई बासको समेत छलफलको बिषय भएको बताउदै दाहालले यस परियोजनाबाट देशलाई आर्थिक विकास र पर्यटन विकासमा समेत टेवा पुग्ने बताए।
त्यस्तै पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रूपमा त्रिशूली र मर्स्याङ्दीमा समानान्तर राजमार्ग बनाउन सरकार लागि परेको बताउदै अध्यक्ष दाहालले ल्हसाबाट काठमाडाँै, पोखरा हुँदै लुम्बनी रेलमार्ग बनाइने समेत स्पष्ट पारे।”हामीलाई  त्यसका खातिर निजि क्षेत्र सगै बिदेशी लगानी समेत आवश्यक पर्दछ”प्रचण्डले भने “तब मात्र नेपाल समृद्धि तर्फ लम्कन सक्छ।”

कार्यक्रम धादिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।महोत्सवमा चेपाङ, मगर, लामा लगायतका विभिन्न झाकी तथा सास्कृतिक पहिचानका नाच प्रस्तुत गरिएको थियो ।करिब १५५ स्टल रहेको महोत्सवले पाँच करोडको कारोवार गर्ने लक्ष्य राखेको छ भने महोत्सवमा दुई लाख मानिसले अवलोकन गर्ने आयोजकले आशा गरेको छ ।

महोत्सवमा धादिङमा उत्पादन भएका राडीपाखी, ढाका, हस्तकला, तथा रेशम आदिको प्रदर्शनी गरिएको छ । उद्घाटन समारोहमा सांसद खेम लोहनी, भूमि त्रिपाठी,मीन विश्वकर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्