नेपाल भ्रमण वर्ष स्थगित



काठमाडौं,फागुन-१९ ।नेपाल  सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण संसारभर बढ्दै गएको अवस्थालाई स्मरण गर्दै भ्रमण वर्ष स्थगित गरिएको सरकारका एक मन्त्रीले बताए। भ्रमण वर्ष स्थगित सगै अन अराइभल भीसा नदिने समेत  निर्णय गरेको छ ।

विश्वभर पर्यटक आवागमन घट्दै गएको र छिमेकी देश चीन लगायत अन्य क्षेत्रमा सिमा कडा गरिएकाले भ्रमण वर्ष स्थगित गरिएको बताइएको छ ।

सन् २०२० मा नेपालले भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको  थियो ।

प्रतिक्रिया दिनुहोस्