कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ भित्र सक्नुपर्ने:शिक्षा मन्त्रालय




काठमाडौँ ,फागुन-२०। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा यहि चैत ५ गतेभित्र सक्नुपर्ने निर्देशन दिएको छ।बढ्दो कोरोना भाइरस (कोभिड–१९)को संक्रमण सगै सरकारले  विद्यालयलाई सतर्कता अपनाउन यसप्रकारको निर्देशन दिएको हो ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार अर्थात आज निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सम्बन्धित पक्षलाई बोलाएर यस्तो निर्देशन दिएको हो।

त्यस्तै कक्षा ५ र ८ कक्षाको वार्षिक परीक्षा समेत विद्यालयन्तर नगरी आ-आफ्नो विद्यालयमा गर्न गराउन निर्देशन जारी गरेको छ।केन्द्रीय सरकारद्वारा चैत ६ देखि १५ गतेसम्म संचालन हुने विद्यालय परीक्षा (एसईई)समेत सजगताका साथ परीक्षा संचालन गर्न अनुरोध गरेको छ।

कोरोना भाइरसको नेपाल समेत उच्च जोखिममा रहेको उल्लेख गर्दै सरकारले विद्यालयमा सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न नगराउन  शिक्षा मन्त्रालयले निर्देशन दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्