एसइईका परीक्षार्थीलाई छुन नपाइने



काठमाडौं,चैत-४। यस वर्षको एसइई परीक्षामा सहभागी परीक्षार्थीलाई छुन नपाइने भएको छ।कोरोना भाइरसको सम्भावित संक्रमणप्रति उच्च सतर्कता अपनाउने क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा एसइई परीक्षाका केन्द्राध्यक्षलाई सोमबार दिइएको अभिमुखीकरण तालिममा कोरोना संक्रमणको जोखिमबाट बच्न परीक्षा केन्द्रमा आउने परीक्षार्थीलाई कसैले पनि नछुन निर्देशन दिइएको हो।

चैत ६ गते सुरु भई १७ गते सकिने परीक्षामा यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदैछन् ।

उनीहरुका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ ।

आजको नागरिक दैनिकमा रुबी रौनियारले यससग सम्बन्धित समाचार लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्