एसईई परीक्षा स्थगित



काठमाडौ,चैत-५।एसईई परीक्षा स्थगित भएको छ।उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले परीक्षा स्थगित गरेको हो।परीक्षा  बिहीवारबाट  गर्ने तयारी गरिएको थियो।

यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो।

अब परीक्षा कहिले हुने बारे जानकारी गराइएको छैन।

प्रतिक्रिया दिनुहोस्