कंगोका पुर्व राष्ट्रपति ओपाङ्गोको कोरोनाका कारण निधन



एजेन्सी, चैत-१८। कंगोका पुर्व राष्ट्रपति ज्याक जोआकिम योम्बी ओपाङ्गोको कोरोना भाइरसका कारण निधन भएको छ।अफ्रिकी मुलुका पूर्व राष्ट्रपति ओपाङ्गोको कोरोना भाइरसका कारण निधन भएको उनको पारिवारिक श्रोतले जनाएको बताइएको छ।

श्रोतका अनुसार ओपाङ्गोको निधन फ्रान्सको पेरिसमा रहेको एक अस्पतालमा सोमबार निधन भएको हो । ओपाङ्गो ८१ वर्षका  थिए।सन् १९३९ मा उनको जन्म भएको थियो।

भाइरसको संक्रमण लाग्न भन्दा केहि समय अघि नै उनी अस्पतालमा भर्ना भएका थिए । एक सैन्य अधिकृतदेखि उनी सेनाको जनरल बनेका ब्यक्ति हुन । उनले सन १९७७ देखी १९७९ सम्म कंगोको सत्ता सम्हालेका थिए। 

तस्वीर स्रोत :अलजजिरा

प्रतिक्रिया दिनुहोस्