असार १ देखि पठनपाठन संचालन गर्न शिक्षा मन्त्रालयको निर्देशन



काठमाडौ,जेठ १८ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले आउदो असार १ गतेदेखि विद्यालयको पठनपाठन सुरु गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आइतबार  एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण लामो समयदेखि ठप्प रहेको  विद्यालय तहको पठनपाठन आगामी असार १ गतेदेखि संचालन गर्न निर्देशन दिएका हुन् ।

‘लामो समयदेखि रोकिएको पठनपाठनबाट पर्न गएको क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको सन्दर्भमा विद्यालय जाने उमेरका बालबालिकाको नियमित पठनपाठन सहज अवस्था सिर्जना गर्नका लागि दूर तथा खुला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै यस मन्त्रालयबाट बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका–२०७७ जारी गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस सन्दर्भमा सो निर्देशिकालाई यही २०७७ असार १ गतेबाट कार्यान्वयन गर्न, गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकायहरु तथा सरोकारवालाहरुलाई हार्दिक आह्वान गर्दछु । ’

साथै, विद्यालय स्तरको स्थगित एसईई परीक्षाबारे कोरोना भाइरस महामारीलाई मध्यजन गर्दै निकट भविष्यमा निर्णय गरिने बताइएको छ । उच्च शिक्षाको पठपाठन र परीक्षाको सम्बन्धन विश्वविद्यलाय अनुदान अयोगको अध्यक्षको नेतृत्वका एक कार्यदलले काम जानकारी दिएका छन् ।

शैक्षिक संस्था पुनः सञ्चालनबारे कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिस र नेपाल सरकारको निर्णयअनसार हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्