यस वर्षको एसइइ परीक्षा खारेज,विद्यालयको मूल्याकंनलाई मान्यता दिइने



काठमाडौ,जेठ २८ । यस वर्षको एसइइ परीक्षा खारेज गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एसइइ परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको हो ।

एसइइ परीक्षा कोरोना भाइरस र लकडाउनका बीच के गर्ने भन्ने विषयमा अन्योलमा रहेकै बेला सरकारले खारेज गरेको श्रोतले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकले यस पटकको एसइइ परीक्षा खारेज गरेपनि विद्यालयकै मूल्यांकलनलाई मान्यता दिइने भएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यसपटकको एसईई परीक्षा खारेज गरी विद्यालयले मूल्यांकनलाई मान्यता दिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई आज बसेको मन्त्रिपरिषद्ले पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्