संस्थागत विद्यालय विपद ब्यवस्थापन समितिले टोखा नगरलाई बुझायो ज्ञापनपत्र



काठमाडौ,असार ८ । संस्थागत विद्यालय विपद ब्यवस्थापन समिति टोखाले टोखा नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। समितिले कोरोना रोकथामका लागि सरकारले अपनाएको बन्दाबन्दीका कारण गत चैत ११ देखि बन्द रहेको विद्यालय संचालनमा सहजीकरण गरिदिन आग्रह गर्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएको हो।

बन्दाबन्दीका कारण टोखा नगर क्षेत्रमा रहेका ३५ हजार विद्यार्थीको शैक्षिक अवस्था दिनानुदिन नाजुक बन्दै गएको,विद्यार्थी,अभिभावकको सामाजिक मनोवृत्तिमा समेत असर पर्ने संकेत देखिएकाले सामाजिक सुरक्षा पद्धति अपनाउदै तत्काल विद्यालय संचालन मा सहयोग पुर्याईदिन सो समितिले माग गरेको छ। विद्यमान बन्दाबन्दीका कारण टोखा नगर क्षेत्रका झण्डै ४ हजार शिक्षक बेरोजगार बन्न पुगेको प्रज्ञान एकेडेमीका संस्थापक तथा टोखा नगर प्याब्सन का परीक्षा विभाग प्रमुख महेश पाण्डेले बताए।

ज्ञापनपत्र बुझ्दै टोखा नगरपालिकाका अध्यक्ष प्रकाश अधिकारीले यस बिषयमा छलफल गरी यथासक्य निचोड दिइने बताउनुभयो।साथै मेयर अधिकारीले तत्काल नगर क्षेत्रका विद्यालयलाई माक्स,सेनिटाइजर र थर्मल गन वितरण गरिने समेत जानकारी दिए।

ज्ञापनपत्र:-

प्रतिक्रिया दिनुहोस्