अनलाइन कक्षा प्रभावकारी बनाउन सरकारलाई निर्देशन



काठमाडौ,असार ३१ । कारोनाबाट प्रभावित शिक्षा क्षेत्रलाई नियमित गर्न अनलाईन कक्षा प्रभावकारी बनाउन संसदको दिगो विकास तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ ।

विगतमा अनलाईन शिक्षा लागू भएतापनि त्यसको प्रभावकारीता नदेखिएको भन्दै समितिले नयाँ ढंगले व्यवस्थापन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । अनलाईन कक्षाको प्रभावकारीता काठमाडौं उपत्यका लगायतका सुगम क्षेत्रमा समेत नदेखिएको समिति सभापति तारादेवी भट्टले औल्याए ।

समितिले माध्यमिक शिक्षा ऐन र उच्च शिक्षा ऐनलाई अहिलेको परिस्थिति अनुसार परिमार्जन गरी लागू गर्न तथा निजी विद्यालयको अनुगमनका क्रममा कानूनले तोकेको बाहेकको अन्य रकम लिनेमाथि नियमन गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्