नुवाकोट र रसुवाका उत्कृष्ट विद्यालय, प्रधानाध्यापक र विद्यार्थी सम्मानित



कार्यक्रममा उपस्थित प्रमुख अतिथिहरु;तस्वीर:राम थापा

नुवाकोट संवाददाता

विदुर,साउन ३ । नुवाकोट र रसुवाका उत्कृष्ट विद्यालय,प्रधानाध्यापक र विद्यार्थी सम्मानित भएका छन् ।यसोदादेवी भगवान सिंह ट्रस्टले शनिबार एक समारोहका बीच  विदुरस्थित सुखद पाहुनाघरमा उत्कृष्ट विद्यालय,प्रधानाध्यापक र विद्यार्थीलाई सम्मान गरेको हो।

ट्रस्टद्वारा सम्मानित विद्यालयमा नुवाकोटका तीन र रसुवाका दुई उत्कृष्ट विद्यालय रहेका छन् ।नुवाकाेटका पृथ्वी माध्यामिक विद्यालय, ज्ञानज्याेती माध्यामिक र च्वाडि पब्लिक माद्यामिक विद्यालय रहेका छन्  । त्यस्तै रसुवाका नीलकण्ठ माध्यामिक विद्यालय  र सुन्दरा माध्यामिक विद्यालय समेत उत्कृष्ट विद्यालयका रुपमा सम्मानित भएका छन् ।

डाक्टर केदारनरसिंह केसीको सभापतित्व तथा संरक्षक अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट विद्यालयका उत्कृष्ट प्रधानाध्यापकलाई समेत सम्मान गरिएको थियो।सम्मानित हुने प्रधानाध्यापकहरुमा पृथ्वी माध्यामिक विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछाने ,ज्ञानज्याेती माध्यामिक विद्यालयका गणेशप्रसाद लामिछाने , च्वाडि पब्लिक माद्यामिक विद्यालयका टिकाराम खरेल,नीलकण्ठ माध्यामिक विद्यालयका नारायणप्रसाद देवकाेटा र सुन्दरा माध्यामिक विद्यालयका प्रधानाध्यापक पुर्णचन्द्र भट्टराई रहेका छन् । उत्कृष्ट प्रधानाध्यापकहरुलाई खादा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा उपस्थित शिक्षक,विद्यार्थी तथा सहभागीहरु

त्यस्तै उत्कृष्ट विद्यालयका उत्कृष्ट विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ। सम्मानित विद्यार्थी शैक्षिकसत्र २०७४/७५ एसईई परीक्षाका उत्कृष्ट विद्यार्थीहरु रहेका छन् ।

सम्मानित हुने विद्यार्थीहरुमा नुवाकोटका श्रीकृष्ण ओझा,शैलजा गजुरेल,रश्मि पनेरू,निशा गजुरेल र अनुप कोइराला रहेका छ्न। रसुवाका सम्मानित विद्यार्थीमा बिक्रम राना तामाङ र सौगात ओस्ति रहेको नेपाल शिक्षक संघ नुवाकोटका अध्यक्ष राम थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्