देवघाटधाम अवलोकनमा वाग्मती प्रदेश प्रमुख



मकवानपुर ५ साउन । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले देवघाटधाम क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सोमबार उनले त्रिशूली र कालीगण्डकीको वेणी सङ्गममा स्नान गर्नाका साथै विभिन्न क्षेत्रको अवलोकन गरेका हुन् ।

सो अवसरमा उनले धार्मिक पर्यटकीय दृष्टिकोणले देवघाटधाम निकै महत्वपूर्ण तीर्थस्थल भएको बताए । देवताले तपस्या गरेको स्थलका रुपमा रहेको देवघाट प्रदेशको गहना भएको उनको भनाइ थियो । देवघाटको विकासमा सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

देवघाटको विकासका लागि आफूले मुख्यमन्त्री र अन्य मन्त्रीसँग कुरा गर्ने उनले आश्वासन दिए । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले प्रदेश प्रमुखलाई देवघाटधामका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्