योगमाया विश्वविद्यालयबारे पूर्वउपकुलपतिसँग छलफल



विधायन व्यवस्थापन समितिले ‘योगमाया आयुर्वेद विश्वविद्यालय व्यवस्थासम्बन्धी बनेको विधेयक–२०७६ माथि विभिन्न विश्वविद्यालयका पूर्वउपकुलपतिसँग छलफल गरेको छ ।

छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा हिरामान महर्जनले अन्तर्राष्ट्रियस्तरमा चिनाउन बाहिरका विश्वविद्यालयसँग पनि सहकार्य गर्ने गरी विधेयक ल्याउनुपर्ने बताउँदै पदाधिकारीको व्यवस्थापन भने अन्य विश्ववद्यालयजस्तै गर्नुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति खगेन्द्र भट्टराईले विश्वविद्यालयलाई प्रशासनिकभन्दा प्राज्ञिक थलो बनाउनुपर्नेमा जोड दिदैं शिक्षाध्यक्षको व्यवस्था गर्नुपर्ने बताए । काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा सुरेशराज शर्माले धेरै पदाधिकारी राख्ने गरी कमिटी बनाउन नहुने उल्लेख गर्दै विद्यार्थीको शुल्कबाट मात्र विश्वविद्यालय सञ्चालन गर्न सम्भव नभएकाले पर्याप्त मात्रामा बजेट विनियोजन हुनुपर्ने बताए ।

समितिका सभापति परशुराम मेघी गुरुङले विभिन्न छलफल गरी चाँडै नै विधेयकलाई अन्तिम चरणमा पुर्‍याइने बताए

प्रतिक्रिया दिनुहोस्