पद्यसंभव पदमार्ग पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हुने मन्त्री भट्टराईको भनाइ



काठमाडौं साउन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको पद्यसंभव पदमार्ग नेपालको पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हने बताएका छन् ।

पर्यटन मन्त्रालयमा बिहीबार बारबरा पाउण्डेशनका पदाधिकारी तथा सरोकारवालासँग उक्त पदमार्गको विकास बारेको छलफलमा मन्त्री भट्टराईले संस्कृति पर्यटकको बहुअआयामिक महत्व बोकेको पदमार्गले नेपालमा तिब्बतियन र चिनियाँ पर्यटक बढाउन तथा उनीहरुको बसाइ लम्ब्याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पद्यसंभव पदमार्गको विकासका लागि चालू आवको बजेटमा समावेश गरिएको जानकारी दिदैँ यसको लागि विस्तृत कार्ययोजनाको तयारीका लागि मन्त्रालयको संस्कृति महाशाखालाई निर्देशन दिए ।

पर्यटनमन्त्री भट्टराईले नेपालको सांस्कृतिक पर्यटनको हिसाबले पनि बुद्धसँग सम्बन्धित सम्पूर्ण अधिकार नेपालको भएको दाबी गर्दै पदमार्ग विकासले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटनको हबको रुपमा विकास हुने बताए ।

पुरातत्व विभाव, पर्यटन विकास, लुम्बिनी विकास कोषलगायत स्वतन्त्र व्यक्तिले गरेको अध्ययनलाई पनि एकीकृत गरी सरोकारवालासँग थप छलफल गरी पदमार्गको विस्तृत कार्ययोजना अघि बढाइने उनको भनाइ छ । तक्सिलामा जन्मिएक तान्त्रिक गुरु पद्यसंभव आठौँ सताब्दीमा नेपाल आएर तपस्या गरिरहेका बेला तिब्बतियन राजाले उनलाई तिब्बत बोलाएर बुद्धधर्मको प्रचार गर्न लगाइएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्