रेशमको अध्यक्षतामा पोखरा चेम्बरको पर्यटन विभाग गठन



कास्की साउन २७ । पर्यटन व्यवसायीहरुको भेलाले पोखरा चेम्बर अफ कमर्स, कास्कीअन्तर्गत पर्यटन विभागको गठन गरेको छ ।

विभागको अध्यक्षमा रेशम अधिकारी, उपाध्यक्षमा प्रकाशबाबु बस्ताकोटी, सचिवमा मोहनप्रसाद सुवेदी र कोषाध्यक्षमा रवि आचार्य रहेका छन् । यसैगरी सदस्यहरुमा दीपकप्रसाद सापकोटा रेशम गौतम, देवराज अधिकारी र लक्ष्मी कोइराला चुनिएका छन् । विभागको सल्लाहकारमा दिल गौतम, उपेन्द्र अधिकारी र सुवास भण्डारी रहेका छन् ।

पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले कोरोना भाइरसका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्नका लागि तीन तहको सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्