जापानको फुकुओकामा ‘तीज फोटो कन्टेस्ट २०२०’ आयोजना



जापान साउन २८ । फुकुओका नेपाल सोसाइटीले ‘तीज फोटो कन्टेस्ट २०२०’ आयोजना गरेको छ ।

नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा सोसाइटीले आफ्नै फेसबुक पेजबाट फोटो कन्टेस्ट राखेको हो । प्रतियोगितामा महिला दिदीबहिनीले आफ्नो अगस्ट २१ तारिखसम्ममा फोटो पठाई भाग लिन सक्ने सोसाइटीले जनाएको छ ।

सहभागीले साडी, लेंहेगा तथा कुर्था लगाएको, सफा र सिंगल पठाउनु पर्ने र मोबाइलको सेल्फी फोटोलाई मान्यता नदिने लगायतका मापदण्ड तोकिएको छ ।

सोसाइटीका अनुसार विजेताको नतिजा अगस्ट २३ तारिखका ॠषिपञ्‍चमीको दिन प्रकाशित गरिने छ । विजेता, उपविजेतालाई पुरस्कारहरु समेत व्यवस्था गरिएको छ ।

प्रथम पुरस्कार : नगद ¥25550/-र प्रमाण पत्र
दोश्रो पुरस्कार :¥15550/प्रमाण पत्र
सान्तोना पुरस्कार : आकर्षक गिफ्ट/प्रमाण पत्र

सोसाइटीले तोकेअनुसार सहभागीहरुले पालना गर्नु पर्ने नियमहरु :-
१) सहभागी हुनको लागि Fukuoka Nepal Society को page Like/Follow गर्नुपर्नेछ ।
२) फोटो सफा र सिंगल हुनुपर्नेछ।
३) मोबाइलको सेल्फी फोटोलाई मान्यता दिइनेछैन ।
४) साडी, लेंहेगा तथा कुर्था लगाएको फोटो हुनुपर्नेछ ।
५) जापानभरि बसोबास गर्नुहुने महिला दिदीबहिनीहरुले सहभागिता जनाउन सक्नुहुनेछ।
६) Fukuoka Nepal Society पेजको म्यासेज बक्समा नाम, थर , ठेगाना (सहर को नाम ) र फोन नम्बरसहित फोटो पठाउनु पर्नेछ ।
७) फोटोमा mention, share गर्न सक्नु हुनेछ।
८) पोस्ट गरेको फोटोको लाइक र सेयरको आधारमा बिजेता छनौट गरिनेछ ।
९) पोस्ट गरिएको फोटोलाइ लाइक कमेन्ट र सेयर हरितालिका तीजको दिन (अगस्ट २१ तारिख २४:०० बजे ) सम्म गर्न सक्नु हुनेछ।
१०) विजेता Points को आधारमा हुने भएकाले (1 सेयर को 5 Points र 1 लाइक को 2 Points) आफ्नो साथीहरुलाई बढीभन्दा बढी लाइक र सेयर गर्न अनुरोध गर्नु होला ।
११) विजेताको नतिजा अगस्ट २३ तारिखका ॠषिपञ्चमीको दिन प्रकाशित गरिने छ ।
१२) एक महिनासम्म बिजेताको photo हाम्रो पेजमा राखिने छ |

प्रतिक्रिया दिनुहोस्