सत्तारुढ नेकपामा चर्किएको विवाद समाधानका लागि महासचिवको नेतृत्वमा कार्यदल गठन



काठमाडौं साउन ३० । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

शुक्रबार बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा कार्यदल गठन गर्ने सहमति भएको हो । महासचिव पौडेलका अनुसार सो कार्यदलका अन्य सदस्यमा नेताहरु भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे छन् ।

सरकारको काम कारबाही र पार्टीभित्र पद बाँडफाँट नमिलेको भन्दै नेकपामा पछिल्लो केही महिनादेखि विवाद चर्किएको हो । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल समूहले ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष पदबाट राजीनामा दिनु पर्ने माग गरिरहेका छन् । तर ओलीले अडान नछोड्दा असार दोस्रो सातादेखि बस्दै, स्थगित हुँदै आएको स्थायी कमिटी बैठकले औपचारिक बिसर्जन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्