नेवि संघद्वारा विद्यार्थी रिहाइको माग



काठमाडौं साउन ३१ । नेपाल विद्यार्थी संघले काठमाडौँ र वीरगञ्जमा गिरफ्तार परेका विद्यार्थीको रिहाइको माग गरेको छ ।

नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले शुक्रबार विज्ञप्ति जारी गरी विभिन्न माग राखेर शान्तिपूर्ण आन्दोलनमा रहेका विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै ती विद्यार्थीलाई विनाशर्त रिहाइ गर्र्न माग गरेका हुन् । आम विद्यार्थीको भविष्यलाई मध्यनजर गरी नेविसंघले वैकल्पिक विधिबाट पठनपाठन र परिक्षा सञ्चालन गर्न माग गर्दा प्रहरीले धडपकड गरेको नेविसंघले जनाएको छ ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले विद्यार्थीले आफ्ना जायज माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले गिरफ्तार गरेर झुटा मुद्दा लगाउनु दुःखद कुरा भएको बताए ।

नेविसंघले आन्दोलनका क्रममा प्रहरीको गिरफ्तारमा परेका विद्यार्थी नेता श्यामराज ओझा, सम्झना खत्री, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवर, सञ्जय चौधरीलगायत तत्काल रिहाइ गर्नुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्