एसईईको नतिजा सार्वजनिक



काठमाडौं,भदौ १ । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै प्रकाशित भएको छ । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको छ ।बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रण कार्यालयले करिब एक साता अघि नै परीक्षाफल तयार गरी बोर्डलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

परीक्षााफल प्रकाशित भएतापनि १५ गतेसम्म भर्ना गर्न पाइनेछैन । सरकारको निर्नेशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।

त्रुटी सच्याउन विद्यार्थीलाई पनिका आउनुपर्ने व्यवस्था हटाइएको छ। विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पुर्याउने ब्यवस्था गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्