लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता



कपिलवस्तु भदौ ८ । कोरोना महामारीको सङ्क्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि स्थानीयवासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर अगाडि बढ्ने भएका छन् ।

लुम्बिनी वरिपरिका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा आइतबार भएको छलफलमा सहभागीले स्थानीय जनता र व्यवसायीसँग हातेमालो गर्न जोड दिए । छलफलमा लुम्बिनी संरक्षण नागरिक समाजका अध्यक्ष मेघनाथ आचार्यल पर्यटन प्रवर्द्धनमा गरिने हरेक गतिविधिमा स्थानीयवासी सक्रियतापूर्वक साथ दिन तयार भएको बताए ।

अग्रज पत्रकार हिमबहादुर विष्टले पर्यटन व्यवसायीसँग कोषको सहकार्य जरुरी रहेको बताए । लुम्बिनी होटल सङ्घ नेपालका महासचिव लीलामणि शर्माले लुम्बिनीको विकासमा स्थानीय होटल व्यवसायी सधैं हातमा हात मिलाएर अगाडि बढ्न तयार भएको बताए ।

कोषका कामु सदस्य सचिव ज्ञानिन राईले कोरोना महामारीबाट पर्यटन क्षेत्रमा परेको असरलाई पार लगाउन स्थानीय र पर्यटनव्यवसायीसँंग कोष सधँैं सहकार्य गरेर हिँड्न तयार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्