स्वास्थ्य समस्यापछि जापानका प्रधानमन्त्रीले दिए राजीनामा



तस्बिर : एजेन्सी

जापान भदौ १२ । स्वास्थ्यमा समस्या देखिएको भन्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै आबेले राजीनामा दिएको बताएका अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् ।

आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको जापानी सञ्‍चारमाध्यम एनएचकेले उल्लेख गरेको छ । आफूले नागरिकको जनमतको कदर गर्दै राजीनामा दिएको पनि आबेले स्पष्ट पारेका छन् ।

कोरोना महामारीका कारण सिर्जित समस्यालाई नयाँ नेतृत्वले समाधान गर्ने पनि उनको भनाइ थियो । जनसमर्थन हुँदाहुँदै र कार्यकाल एक वर्ष बाँकी रहँदै राजीनामा दिनुपरेकोमा उनले जापानी नागरिकसमक्ष माग गरेका छन् । आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्