सबै स्थानिय तहमा एमबीबीएस डक्टरसहित ५ सैयाको अस्पताल निर्माण गरिने



काठमाडौं भदौ १२ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेका छन् ।

अस्पताल नभएका ६४९ तहमा ५ शैयाको अस्पतालको सेवा तत्कालै सुरू गरिने भएको छ । आवश्यक औजार र उपकारण खरिदका लागि शुक्रबार ६४ करोड निकासा भएको छ ।

यी अस्पतालमा तत्कालमै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुइर्एजना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन । यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाइ नै दिइएको छ ।

त्यस्तै निजी तथा सामूदायिक अस्पताललाइ कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नीतिगत निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्