कोरोना संक्रमणबाट भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन



काठमाडौं भदौ १५ । विश्‍वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।
नयाँ दिल्लीस्थित आर्मी अस्पतालमा उनको निधन भएको मुखर्जीका छोरा अभिजित मुखर्जीले ट्वीट गरेर जानकारी दिएका हुन् । मुखर्जी ८४ वर्षका थिए । नरेन्द्र मोदी सरकारले उनलाई भारत रत्नबाट सम्मानित गरेको थियो । मुखर्जी भारतको १३औं राष्ट्रपति थिए । राष्ट्रपति हुनुअघी उनी भारतीय कांग्रेस पार्टीका तर्फबाट अर्थमन्त्री लगायत अन्य मन्त्रालयमा पनि नेतृत्व गरेका थिए ।

केहि दिनदेखि ‘डिप कोमा’ मा रहेको उनको उपचार भारतीय सैनिक अस्पतालले भइरहेको थियो । उनलाई नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा भर्ना गरिएको थियो । पूर्व राष्ट्रपति मुखर्जी अगष्ट १० मा सो अस्पतालमा भर्ना भएका थिए । उनको मस्तिष्कको शल्यक्रिया पनि सोही अस्पतालमा नै गरिएको थियो । त्यसपछि भने उनलाई कोरोना भाइरसको संक्रमण देखिएको समाचारमा जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्