काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना



काठमाडौं भदौ १५ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मेयर शाक्यलाई कोरोना पुष्टि भएको हो । उनले आइतबार स्वाब दिए होम आइसोलेसनमा बसेका थिए ।

श्रीमती बिरामी भएपछि जचाउन धापासीस्थित ग्राण्डी अस्पताल पुगेका शाक्यले त्यहीँ स्वाब दिएका थिए । उक्त स्वाबको सोमबार आएको रिपोर्ट अनुसार श्रीमतीमा संक्रमण देखिएन भने मेयर शाक्यमा चाहिँ संक्रमण पुष्टि भएको महानगरपालिका स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्