पछिल्लो २४ घण्टामा ११ सय १२ जना कोरोना संक्रमित निको भए, थप १२ को मृत्यु



काठमाडौं भदौ १७ ।

पछिल्लो २४ घण्टामा थप १११२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २९० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२ हजार १७८ थियो । मन्त्रालयका अनुसार मंगबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३९ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्