धनुषामा मृत्यु भएका भारतीय मजदुरमा कोरोना पुष्टि, जिल्लामा शुक्रबारसम्म १३ को मृत्यु



धनुषा भदौ १९ । कोरोना भाइरस संक्रमणबाट धनुषाामा एक भारतीय मजदुरको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५ वर्षीय ती मजदुरको बिहीबार बिहान मृत्यु भएको र शुक्रबार कोरोना पुष्टि भएको हो ।

तीन दिनदेखि ज्वरो र झाडापखाला आएकाले कोरोनाको कारण मृत्यु भएको आशङ्कामा उनको स्वाबको नमूना सङ्कलन गरी जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो । ती व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले जानकारी दिए । यससमेत गरी धनुषामा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्