गोरखामा मस्तिष्कघातबाट मृत्यु भएकी महिलामा कोरोना



गोरखा भदौ २१ । गोरखामा मस्तिष्कघातका कारण गोरखा अस्पतालमा शनिबार मृत्यु भएकी ७५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।

‘मस्तिष्कघात भएको रहेछ, दुई बजेतिर अस्पताल भर्ना हुनुभएको थियो, चार बजेतिर उहाँको उपचारकै क्रममा मृत्यु भयो,’ गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने । उनका अनुसार गोरखा नगरपालिका–७ की ती महिलालाई शनिबार अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।

ती महिलाको परिवार सदस्यलाई शुक्रबार कोरोना पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको पनि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । आइतबार रिपोर्ट आउँदा उनमा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्