पछिल्लो २४ घण्टामा ९८० कोरोना संक्रमित थपिए, १,८१४ डिस्चार्ज



काठमाडौं भदौ २१ ।

पछिल्लो २४ घण्टामा नेपालमा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये २९० महिला र ६९० महिला छन्। योसहित नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ।

हाल १७ हजार २७ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २०१ र होम हाइसोलेसनमा ७ हजार ८२६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा।डा। जागेश्वर गौतमले जानकारी दिए

पछिल्लो २४ घण्टामा नेपाल १० हजार ३८२ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ। नेपालमा हालसम्म कुल ७ लाख ६८ हजार ३४५जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा नेपाल १ हजार ८१४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २८ हजार ९४१ पुगेको डा। गौतमले बताए। यो ६३ प्रतिशत हो।

यस्तै कोरोनाबाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्