नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु



काठमाडौं भदौ २१ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेमा दुई महिला र सात पुरुष रहेका छन् ।

मोरङका ४५ वर्षीय पुरुष र ६४ वर्षीया महिला, झापाका ४५ वर्षीया महिला, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, चितवनका ७० वर्षीय पुरुष र काठमाडौँका ७४, ६८ र ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्