चितवन मेडिकल कलेजमा उपचाररत संक्रमितको मृत्यु



चितवन असोज २ । चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

२६ गते कोरोना पुष्टि भएका उनको बिहीबार राति १२ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनका अनुसार ती पुरुषको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो । चितवनमा कोरोना संक्रमित ३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्