कोरोना संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु



काठमाडौं असोज ४ ।

कोरोना संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ४०, ६० र ६३ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ।

यस्तै ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पा ४० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै धनुषामा ७६, काठमाडौंमा ८२, चितवनमा ८० र रुपन्देहीमा ६७ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्