कोरोनाबाट कैदीबन्दीको मृत्यु



बाँके असोज ५ । बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सुर्खेतको गुर्भाकोट नगरपालिका–४ सहारेका ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालको आइसोलेशनमा उपचारका क्रममा सोमबार बिहान ६:२५ बजे उनको मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा बाँके कारागारमा कैदीबन्दीको सजाय काटिरहेका ती पुरुषलाई भदौ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा रहेको आइसोलेशनमा भर्ना गरिएको थियो । अस्पतालमा उनको स्वाब परीक्षण गर्दा  कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्