भारतको महाराष्ट्रमा तीनतले भवन भत्किँदा कम्तीमा १३ जनाको मृत्यु



काठमाडौं ५ असोज । भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान भत्किएको थियो । तीन तल्ले सो भवन भत्किँदा त्यसमा रहेका ती व्यक्तिको ज्यान गएको थियो । भवन सोमबार बिहान ४:४० बजे भत्किएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
स्थानीय सञ्‍चारमाध्यमका अनुसार घाइते ५ जनालाई अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्