नेपालमा २४ घन्टामा कोरोनाबाट १६ जनाको मृत्यु, ११ सय ५४ संक्रमित थपिए



काठमाडौं असोज ५ । नेपालमा २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभिन्न जिल्लामा गरी १६ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो मृतकसँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ४ सय २७ पुगेको बताए ।

यस्तै २४ घन्टाको अवधिमा ११ सय ५४ संक्रमित थपिए छन् । यो सँगै संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । सोही अवधिमा १००५ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको प्रवक्ता गौतमले बताए ।

पीसीआर परीक्षण हालसम्म ९ लाख २३ हजार ८ सय २३ पुगेको छ ।

आइसोलेसनमा १७ हजार ६ सय ११ र क्वारेन्टाइनमा ७ हजार ४ सय ३ जना रहेको प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्