पर्यटकीय नयाँ गन्तव्य तीनधारे झरना



काठमाडौँ असोज ६ । काभ्रे जिल्लाको रोशी गाउँपालिका–२ काफल डाँडामा अवस्थित छ तीनधारे झरना । उक्त झरना काठमाडौं उपत्यकादेखि करीब ६० किलोमिटरको छोटो दूरीमा रहेको रमणीय झरना हो ।

काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलदेखि काभ्रेभञ्ज्याङ, दाप्चा हुँदै काफलडाँडा पुगिन्छ । काफल डाँडाबाट करिब १ घण्टाको हिँडाइपछि झरना भएको स्थान पुग्न सकिछ । दूरी छोटो तर बर्खाले बाटो चिप्लो भएका कारण यात्रा लामो हुनसक्छ । त्यसले गर्दा यात्रा केही कष्टकर र थकान महसुस हुनसक्छ तर झरना पुगेपछि झरनाको मनमोहक दृश्यले तपाईंको थकान सबै हराएर जान्छ । करिब ३०० मिटर माथिबाट झर्ने झरनाको दृश्यले तपाईंलाई मोहित बनाउँछ ।

तीनधारे झरना संरक्षण संवर्द्धन तथा पर्यटन उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर मगरका अनुसार दुई महिनायता झरना अवलोकन गर्न आउनेको संख्या ह्वात्तै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्