कोरोनाबाट ललितपुरमा २ पुरुषको ज्यान गयो



ललितपुर असोज ७ । कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थप दुई पुरुषको ललितपुरमा मृत्यु भएको छ ।

ललितपुरका ८० वर्षीय पुरुषको मंगलबार र अर्का ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । कार्यालयका अनुसार ८० वर्षीय पुरुष भदौ ६ गते उपचारका लागि मेघा अस्पतालमा भर्ना भएका थिए भने ७४ वर्षीय पुरुष भदौ १७ गते अल्कामा भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्