रुपन्देहीमा पनि दुई कोरोना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीको बुटवलको कोरोना अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए । यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।

उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए ।

प्रतिक्रिया दिनुहोस्