भारतमा कोरोनाबाट ९१ हजार १४९ को मृत्यु, ५७ लाख संक्रमित



नयाँदिल्ली असोज ८ । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ हजार १४९ जना पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार १२९ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको ले जनाएको छ ।

भारतमा हाल ९ लाख ६६ हजार सक्रिय संक्रमित छन् भने ४६ लाख ७४ हजार ९८८ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्