६ वर्षदेखि कोमामा रहेका भारतका पूर्वकेन्द्रीय मन्त्री जसवन्त सिंहको निधन



काठमाडौं असोज ११ । ६ वर्षदेखि कोमामा रहेका भारतका पूर्वकेन्द्रीय मन्त्री जसवन्त सिंहको आइतबार निधन भएको छ ।
८२ वर्षीय सिंहको नयाँदिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् । उनी ६ वर्षअघि बाथरुममा लडेर टाउकोमा चोट लागेपछि अस्पताल भर्ना भएर कोमामा थिए ।

भारतीय जनता पार्टीका संस्थापक सदस्य जसवन्त सिंह अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा विदेश, रक्षा तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी राजनीतिमा आउनुअघि भारतीय सेनाका मेजर रहेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै पूर्वमन्त्री सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्