कोइला खानीमा च्यापिएर चीनमा १६ मजदुरको ज्यान गयो



काठमाडौं असोज ११ । कार्बन मोनोअक्साइड ग्यासका कारण चीनको एक कोइला खानीमा कम्तीमा १६ जना मजदुरको ज्यान गएको छ ।

दक्षिणपश्चिमी चीनको एक खानीमा आइतबार बिहान सो दुर्घटना भएको चिनियाँ सरकारी टिभी सिसिटिभीले जानकारी गराएको हो । खानीमा कार्बन मोनोअक्साइड ग्यास विस्फोट भएको र ती मजदुरहरु भाग्न नसकेर च्यापिएको बताइएको छ ।

उद्धारकर्मीहरुले स्वास्थ्यकर्मी तथा औषधिसहितको टोली समेत लिएर त्यहाँ पुगेका थिए । उनीहरुले खानीबाट उद्धार गरिएका नागरिकलाई उपचार गरेर बचाउने प्रयास गरेका थिए । तर पनि १६ जनाको सो खानीभित्रै ज्यान गएको थियो । एक जनालाई उद्धार गरेर बाहिर निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्