रोजाइमा हुडिकोट



कास्की असोज १६ । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेगस्थित हुडिकोट पछिल्लो समय हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

माछापुच्छे, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ््खला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथ सहितको बृहत् पोखरा महानगर एकसाथ देख्न सकिने रमणीय हुडिकोटमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पुग्ने क्रम बढिरहेको छ । समुद्री सतहबाट एक हजार १४० मिटरको उचाइमा रहेको यो स्थलले समग्र भरतपोखरीको गरिमा र महत्व बढाएको यहाँका स्थानीयवासी बताउँछन् ।

बढ्दो पर्यटकीय आकर्षणसँगै पर्यटन लक्षित पूर्वाधार विकासले पनि गति लिएको छ । पछिल्ला समयमा बजार क्षेत्रको व्यस्ततालाई केही समय फुर्सद निकालेर भरतपोखरीको हुडिकोट जस्ता रमणीय स्थल हाइकिङ, दृश्यावलोकनका लागि पर्यटकले रोज्ने गरेको हाइकर्स क्लब नेपालका उपाध्यक्ष कृष्ण रानाभाटले बताए ।
उच्च पहाडी भू–भागमा रहेको भरतपोखरीको हुडिकोट सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि उपयुक्त गन्तव्य हो । यहाँबाट माछापुच्छे, अन्नपूर्ण हिमालदेखि लमजुङ हिमाल सम्मका रमणीय दृश्यलाई एकसाथ नियाँल्न सकिन्छ । यहाँबाट कास्की, तनहुँ, लमजुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत बागलुङ, म्याग्दी, स्याङ्जा जिल्लालगायत विभिन्न स्थान देखिन्छन् । पछिल्ला वर्षमा पोखराको विरौटा हुँदै पोखरा महानगरका बस र पोखराबाटै पावरहाउस, गगनगौंडा हुँदै मनियल डाँडासम्म स्थानीय मिनी बस गरी दुवैतर्फ सार्वजनिक यातायातसमेत सञ्चालनमा आउँदा पर्यटकलाई ठूलै राहत महसुस भएको छकोरोनाका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाख नाघ्यो
कोरोनाभाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाखभन्दा बढी पुगेको छ ।

विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्