अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना संक्रमण पुष्टि



वासिङ्टन असोज १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रपति ट्रम्पले शुक्रबार बिहान ट्वीट गर्दै आफू र पत्नी (प्रथम महिला) मेलानिया ट्रम्पलाई कोरोना भएको जानकारी दिएका हुन् । उनले कोरोना देखिएपछि आफूहरु क्वारेन्टाइनमा बस्ने पनि जानकारी दिएका छन् ।

बिहीबार बेलुका राष्ट्रपति ट्रम्प र प्रथम महिलामा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रपति ट्रम्पका फिजिसियन डाक्टर सिन कोन्लेले जानकारी दिएका छन् । उनका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था समान्य रहेको छ । डाक्टर कोन्लेले राष्ट्रपति ट्रम्प र प्रथम महिला ह्वाइट हाउसमै क्वारेन्टाइनमा बस्ने पनि जानकारी दिए ।

ट्रम्पले बिहीबार बेलुका नै आफ्ना नजिकका सहयोगीलाई कोरोना भएपछि क्वारेन्टाइनमा बस्ने योजना सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्