बेलायतमा कोरोना संक्रमण निकै बढ्न थाल्यो, संक्रमितको संख्या ४ लाख ८० हजार १७



लन्डन असोज १८ । बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८७२ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

गएको शुक्रबार मात्र यहाँ ७ हजार १४३ जना संक्रमित भेटिएकोमा गएको २४ घन्टाभित्र मात्र अघिल्लो दिनको भन्दा झण्डै दोब्बर संख्यामा संक्रमित भेटिएका लन्डनबाट प्राप्त पछिल्लो समाचारमा उल्लेख छ । तर पनि यहाँका स्वास्थ्य अधिकारीहरुले प्राविधिक कारणले यो संख्या बढी देखिएको र यसअघिका दिनहरुमा यो संख्या समावेश नगरिएकोले शनिबार अहिलेसम्मकै सबैभन्दा बढी देखिएको बताइएको छ ।

अहिलेसम्मका सङ्क्रमितको संख्या ४ लाख ८० हजार १७ जना पुगेको छ । केही समययतादेखि देखिएका यहाँका संक्रमितहरुमा शनिबार अकस्मात ठूलो संख्यामा देखिएकोले यसले अब यहाँ पनि सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्