भारतमा कोरोनाबाट ६६ लाख ८५ हजार ८२ संक्रमित, ५६ लाख ६२ हजार ४९० जना निको



काठमाडौं असोज २० । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ पुगेको छ ।

विगत २४ घण्टामा कोभिड–१९ बाट ६१ हजार २६७ सङ्क्रमित भएको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । सोही अवधिमा देशभर मृत्यु हुनेको सङ्ख्या ८८४ रहेको छ भने अहिलेसम्म कूल १ लाख ३ हजार ५६९ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

भारतमा अहिलेसम्म ५६ लाख ६२ हजार ४९० व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भइसकेका छन् भने अझै पनि नौ लाख १९ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण रहेको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार भारतमा मङ्गलबारसम्म कूल ८१ लाख ७१ हजार ७९७ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ । योमध्ये सोमबार मात्र एक लाख ८९ हजार ४०३ व्यक्तिको कोभिड–९ परीक्षण भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्