सरकारी अस्पतालका रेजिडेन्ट चिकित्सकहरुद्वारा ओपीडी सेवा बहिष्कार



काठमाडौं असोज २० । सरकारी अस्पतालका रेजिडेन्ट चिकित्सकहरुले मंगलबार बिहानदेखि बहिरंग (ओपीडी) सेवा बहिष्कार गरेका छन् ।

डा. केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट चिकित्सकहरुले सेवा दिन छाडेका हुन् । उनीहरु डा.गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई दबाब दिने उद्देश्यले आइतबारदेखि दिनहुँ दुई घण्टा इमर्जेन्सी र कोभिड–१९ बाहेकका कुनै पनि सेवामा संलग्न भएका छैनन ।

सांकेतिक विरोधले सरकारलाई कुनै असर नगरेको भन्दै बहिरंग सेवा बहिष्कारसम्म चिकित्सकहरु पुगेका हुन् । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गरी ८ सय १० जना रेजिडेन्ट चिकित्सक छन् । डा.केसी ६ बुँदे मागसहित १९औं पटक सत्याग्रहमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्